माडी स्तरिय प्रथम वडा लिग फुटबल प्रतियोगिता २०७५ शनिबारदेखि सुरू

340
SwadeshPost

तिहार, छठ र हरिबोधनी एकादशी पर्वको अवसरमा खेलकूद तथा साँस्कृतिक समिति, माडी नगरपालिका वडा नं. ५ को आयोजनामा माडी स्तरिय प्रथम वडास्तरीय लिग फुटबल प्रतियोगिता  शनिवारदेखि सुरुवात भएको छ ।

शनिबार पहिलो दिनको पहिलो खेलमा माडी नगरपालिका-५ ’बी’ र माडी नगरपालिका ६ भिँडेकोमा माडी नगरपालिका ६ टिम २–० ले विजयी भएको छ । सो खेलमा म्यान अफ द म्याच वडा नं ६ टिमका खेलाडी प्रविन गुरुङ घोषित हुनुभयो । त्यस्तैगरी, दोस्रो खेल माडी नगरपालिका ८ र माडी नगरपालिका १ बिच भएको खेलमा १–१ को बराबरी भएको छ । उक्त खेलमा म्यान अफ द म्याच माडी ८ का जर्सी नं १० लगाई खेल्नुभएका विकास परियार घोषित हुनुभयो । भोलि आइतबार दोस्रो दिन दिउँसो १ बजे वडा नं. ७ र ९ बिच तथा ३ बजे वडा नं. ४ र २ बिच खेल हुने कार्यतालिका रहेको छ ।

प्रतियाेगिताका संयोजक गोपाल काफ्लेको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रमको प्रमुख अतिथि माडी नगरापालिकाका नगरप्रमुख ठाकुरप्रसाद ढकाल रहनुभएको थियो भने विशिष्ट अतिथि नगर उपप्रमुख ताराकुमारी काजी महतो रहनुभएको थियो । नगरप्रमुख ढकालले रेफ्रीलाई बल हस्तान्तरण गरी प्रतियोगिताको औपचारिक सुरुवात गर्नुभएको हो ।

SwadeshPost