चितवन समाज इजरायलको विशेष पहलमा माडी जगन्नाथपुरीका मृगौला पीडित सुरेस वहादुर गुरुङ्गको लागि संकलन भएको सहयोग रकम आज अाइतबार एक कार्यक्रमका बिच पीडित परिवारलाई हस्तान्तरण गरिएको छ । चितवन युवा समुह अन्तर्राष्ट्रिय समन्वय समिति, नेपालको आयोजनामा माडी नगरपालिकाको सभाहलमा एक संक्षिप्त कार्यक्रमबिच सो सहयोग रकम पीडितको परिवारलाई हस्तान्तरण गरिएको हो ।
अन्तर्राष्ट्रिय समन्वय समितिका अध्यक्ष मुक्ति प्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको प्रमुख अतिथि माडी नगरपालिकाका नगरप्रमुख ठाकुर प्रसाद ढकाल रहनुभएको थियो । दुई बर्ष अघिदेखि दुईवटै मृगौला बिग्रिएर थला पर्नुभएका शुरेस बहादुर गुरुङको सहयोगार्थ चितवन समाज इजरायलले २ लाख ४७ हजार १०० रुपैंया, लेट्स डु बेटर देन अदर्सका अभियन्ताहरुले १ लाख ९२ हजार ५३२, माडी ग्रुप जापानबाट ६२ हजार ३७५ र अष्ट्रेलियाका सामाजिक अभियन्ताहरुबाट संकलित रु ५३ हजार गरी कुल ५ लाख ५५ हजार ७ रुपैंया हस्तान्तरण गरिएको हो ।