दिवाकर स्मृति प्राविधिक शिक्षालयद्वारा कर्मचारी आवश्यकताको सार्वजनिक सुचना प्रकाशित

475
SwadeshPost

दिवाकर स्मृति प्राविधिक शिक्षालय हरिनगरले आंशिक प्रशिक्षक तथा कर्मचारीको आवश्यकताको सार्वजनिक सुचना समेत प्रकाशित गरेको छ । सिभिल इन्जिनियरिङ्ग र कृषि पशुबिज्ञान बिषयमा नेपाली र अंग्रेजी बिषयको आंशिक प्रशिक्षकको आवश्यकता रहेकोमा सम्बन्धित बिषयमा बिषयस्नातकोत्तर उत्तीर्ण भई न्यूनतम २ बर्षको अनुभव भएको उम्मेदवारहरुले आउँदो कार्तिक २३ गते शुक्रबारसम्म आवेदन गर्नसक्ने जनाइएको छ । त्यसैगरी रसायन शास्त्र प्रशिक्षक, निर्माण प्रशिक्षक, निर्माण सहायक प्रशिक्षक र कृषि सहायकको लागि समेत आवश्यकता आह्वान गरिएको छ । यी बिषयका निम्ति भने जारी इच्छुक उम्मेदवारहरुले कार्तिक महिनाभित्र आवेदन गरिसक्नुपर्ने शिक्षालयका प्राचार्य पौडेलले स्वदेश एफ.एम.लाई जानकारी दिनुभयो ।

यसैबिच, शिक्षालयमा आउँदो कार्तिक २७ गतेबाट नियमित कक्षा सञ्चालन सुरुवात हुने भएको छ । कार्तिक २७ गते गते मंगलबार बिहान १० बजे अनुशिक्षण कक्षा सञ्चालन भई त्यसको भोलिपल्ट कार्तिक २८ गतेबाट बिहान ७ बजेदेखि नियमित कक्षाहरु सुरु हुने शिक्षालयले जनाएको हो । शिक्षालयको पहिलो ब्याचका रुपमा डिप्लोमा वा प्रमाणपत्र तहको ३ बर्षे कार्यक्रम अन्तरगत यस बर्ष सिभिल इञ्जिनियरिङमा ४८ जना तथा पशु बिज्ञानमा ४० जना विद्याथीहरुले अध्ययन गर्ने छन् ।

SwadeshPost