माडी आयुर्वेद औषधालयको आयोजनामा राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरी जयन्ती मनाइयाे

279
SwadeshPost

माडी आयुर्वेद औषधालयको आयोजनामा साेमबार बरुवामा राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरी जयन्ती मनाइएको छ । विश्वकै प्राचीनतम चिकित्सापद्धति मानिएको आयुर्वेदका प्रणेता भगवान धनवन्तरिको उत्पत्ति कात्तिक कृष्ण त्रयोदशी अर्थात काग तिहारमा भएकाले हरेक वर्ष साे दिन आरोग्य दिवस मनाउने गरिएको हो । साेमबार बिहान माडी आयुर्वेद औषधालयमा भगवान धन्वन्तरीको पूजाअर्चना एवं प्रसाद ग्रहण र वितरण गरी दिवस मनाइएको माडी आयुर्वेद औषधालयका निमित्त प्रमुख डा. हिमालय कुमार श्रेष्ठले स्वदेश एफ.एम.लाई जानकारी दिनुभयो ।

साेमबारको कार्यक्रममा सो आयुर्वेद औषधालय सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष एवं वडाध्यक्ष ईश्वरी ढकालसंगै माडी नगरपालिकाका नगर उपप्रमुख ताराकुमारी काजी महतो, छिमेकी वडाका वडाध्यक्षहरु कृष्ण पौडेल र रामबन्धु पोखरेल, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कँडेल, नगर आयुर्वेद नीरिक्षक रविशंकर शाह, माडी नगर जनस्वास्थ्य शाखा प्रमुख शिव सुवेदी, सुचना प्रविधि अधिकृत प्रवीण भण्डारी, स्वदेश एफ.एम.का अध्यक्ष देव अञ्जान शाह तथा बरुवा बजारका व्यवसायीहरु एवं सामाजिक अगुवाहरुको सहभागिता रहेको थियो ।

SwadeshPost