माडी स्तरिय प्रथम वडालीग फुटबल प्रतियोगिता २०७५ अन्तरगत साेमबार दुइ खेलहरु सम्पन्न

295
SwadeshPost

नेपालीहरुकोे दोस्रो ठूलो चाड शुभ दिपावली, छठपर्व र हरिबोधनी एकादशीको अवसरमा खेलकूद तथा साँस्कृतिक समिति, माडी नगरपालिका वडा नं. ५ ले सञ्चालन गरिरहेको माडी स्तरिय प्रथम वडास्तरीय लीग फुटबल प्रतियोगिता २०७५ अन्तरगत साेमबार दुइवटा खेलहरु सम्पन्न भएका छन् ।

साेमबारको पहिलो खेल दिउँसो १ बजे वडा नं. ५ ए र वडा नं ८ बिच भएको खेलमा वडा नं ८ ले ३-० को जित हासिल गरेको छ । सो खेलको म्यान अफ द म्याच वडा नं ८ का जर्सि नं ७ लगाएर खेल्ने राजकुमार रुचाल घोषित हुनुभयो । त्यस्तै, साेमबारको दोस्रो खेल दिउसो ३ बजे वडा नं. ३ र वडा नं ६ बिच भएकोमा वडा नं ६ ले ५-० को जित हासिल गरेको छ । उक्त खेलको म्यान अफ द म्याच वडा नं ६ का जर्सि नं ३३ लगाएर खेल्ने रितेश क्षेत्री घोषित हुनुभयो ।

प्रतियाेगिता अन्तरगत मंगलबार चौथो दिन पहिलो खेल दिउसो १ बजे माडी नगरपालिका वडा नं १ टिम र माडी वडा नं ७ टिमबिच हुनेछ भने दोस्रो खेल दिउसो ३ बजे माडी वडा नं ५ बि र वडा नं २ का बिच हुने कार्यतालिका रहेको छ ।

SwadeshPost