माडीको खैरहनीमा अवस्थित रेडहिल पार्क पुग्ने बाटो सरसफाई गरियाे

758
SwadeshPost

माडीको सोमेश्वर सध्यवर्ती सामुदायिक बनछेउ, खैरहनीमा अवस्थित रातो माटे डाँडोका नाउँले समेत चिनिने रेड हिल पार्क पुग्ने बाटो आज (मंगलबार) सरसफाई गरिएको छ । प्रकृति तथा वातावरण संरक्षण समाज, र्खैरहनीको आयोजनामा मंगलबार बिहान सो पार्क पुग्ने बाटोमा रहेको झाडी तथा बुट्यानहरु सफा गरी पैदल मार्ग तयार गरिएको हो । माडीका अधिकांश भू-भागहरुको दृश्यावलोकन गर्न सकिने सो स्थनमा भ्युटावर र पिकनिक स्पट बनाउन सो क्लबसंगै माडी नगरपालिका वडा नं. ४ र स्थानीयबासीहरु लागी परेका छन् ।

यसैबिच, रेडहिल पार्कलाई चितवनै मुख्य पर्यटकीय गन्तव्यस्थल बनाउन भरतपुर क्षेत्रमा बसोबास गरिरहेका खैरहनीबासीहरुसंगै माडीबासीहरु समेत जुटेका छन् । पार्कको निर्माण सहयोगार्थ आज मंगलबार दिउँसो ४ बजेदेखि भरतपुरनिवासी माडीबासीहरुले देउसी भैलो कार्यक्रम सञ्चालन गर्न लागेको प्रकृति तथा वातावरण संरक्षण समाज, र्खैरहनीका पूर्व अध्यक्ष सुवास तिवारीले स्वदेश एफ.एम.लाई जानकारी दिनुभयो ।

पार्कका लागि आर्थिक संकलनसंगै, भरतपुर क्षेत्रमा रेड हिल पार्क लगायतका माडीका पर्यटकीय गन्तव्य स्थानहरु चिनाउन र भरतपुर महानगर क्षेत्रमा रहेका माडीबासीहरु भेटघाट तथा एकता बढाउन साँस्कृतिक देउसी भैलो सञ्चालन हुन लागेको हो । सो अभियानलाई सघाउन सुमन शर्मा बरालको संयोजकत्वमा सल्लाहकार समिति, माधव चापागाईंको संयोजकत्वमा मुल आयोजक समिति र बालकृष्ण तिवारीको संयोजकत्वमा साँस्कृतिक उपसमिति समेत गठन गरिएको जनाइएको छ ।

SwadeshPost