शैक्षिक भ्रमणबाट फर्किरहेका सोमेश्वर मा.वि, माडी बरुवाको बस गएराती दुर्घटनाग्रस्त

266
SwadeshPost

शैक्षिक भ्रमणबाट फर्किरहेका सोमेश्वर माध्यमिक विद्यालय, माडी बरुवाका बिद्यार्थीहरु चढेको बस गएराती गीतानगर नजिकै पुल्लरमा दुर्घटनाग्रस्त हुँदा विद्यार्थीहरु घाइते भएका छन् ।

भारतको सिक्किमसहित पूर्वी नेपालको शैक्षिक भ्रमण सकेर फर्किरहेका विद्यार्थीहरु चढेको ना.६ ख. ९३६६ नम्बरको बस पुल्लर मोडभन्दा १० मिटरको दुरीमा गीतानगरतर्फ पल्टिन पुग्दा विद्यार्थीहरु घाइते भएका हुन् । बसमा सवार ३४ जनामध्ये २५ जना विद्यार्थीहरु सामान्य घाइते, ५ जना विद्यार्थीहरु सघन घाइते र १ जना गम्भीर घाइते भएकोमा सबैको भरतपुरस्थित सि.एम.सी. हस्पिटलमा उपचार भइरहेको अस्पतालबाट वडा नं. १ का वडाध्यक्ष कृष्ण पौडेलले स्वदेश एफ.एम.लाई जानकारी दिनुभयो ।

राती करीब १२ बजे दुर्घटना भएको हो । अगाडीबाट अचानक आइपुगेको स्कुटरलाई जोगाउन खोज्दा बस पल्टिन पुगेको बसधनी समेत रहनुभएका वडाध्यक्ष पौडेलले जनाउनुभयो । घटनाको अपडेट स्वदेश एफ.एम.मार्फत प्रकाशन र प्रसारण गरिरहनेछौं ।

SwadeshPost