नेकपा माडी को नवगठित कार्यालय, साविकका पार्टी पदाधिकारीहरुको संयोजन संयन्त्र मात्रः नारदमणाी

128
SwadeshPost

नेपाल कम्युनिष्ट पार्टी (नेकपा), माडी नगरपालिकाको नवगठित कार्यालय, साविकका पार्टी पदाधिकारीहरुको संयोजन संयन्त्र मात्र रहेको नेकपा माडीले जनाएको छ । हालको कार्यालय समिति पदाधिकारीहरुको संयन्त्र मात्रै रहेको र पार्टी कमिटि पछि बन्ने नेकपा, माडीका नेता नारदमणी पौडेलले जानकारी दिनुभयो ।

स्वदेश एफ.एम.को दैनिक सन्ध्याकालीन कार्यक्रम आजको सन्दर्भमा पत्रकार देव अञ्जान शाहसंग कुराकानी गर्दै नेता पौडेलले हाल दुबै पार्टीका नगरस्तरीय पूर्व पदाधिकारीहरुको संयन्त्र मात्र बनाइएको जनाउनुभयो । पार्टी कार्यालय र पार्टी गतिविधि अगाडी बढाउने मनसायले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्यद्वय कृष्णप्रसाद खनाल र ईश्वरी भट्टराईद्वारा प्रेषित परिपत्र अनुसार पदाधिकारीहरुको संयन्त्र बनेको उहाँको भनाई थियो । सोही परिपत्रका आधारमा भोलि (कार्तिक २५ गते आइतबार) र २६ गते सोमबार वडास्तरीय संयन्त्र समेत गठन हुन लागेको उहाँले जनाउनुभयो । पार्ठीका भातृसंगठन तथा जनवर्गीय संगठनहरुको एकीकरण प्रक्रियाबारे भने कुनै परिपत्र नआएकाले तत्काल केहि गर्न नसकिने उहाँको भनाई छ ।

यसअघि, नारदमणी पौडेल, रेशमलाल आचार्य, नारायण अधिकारी, रामेश्वर चौधरी, दण्डपाणी पौडेल, नारायणदत्त (बासु) सापकोटा, केदार अधिकारी, प्रभु महतो र ऋषि काफ्ले सदस्य रहनुभएको नेकपाको नगरस्तरीय पदाधिकारी संयन्त्र गठन भएको थियो । तर सो संयन्त्रमा दलित र महिलाको प्रतिनिधित्व हुन नसकेको भन्दै नेकपाका कार्यकर्ताहरुले असन्तोष व्यक्त गरेका थिए ।

SwadeshPost