बेटर चितवन अभियानको आयोजनामा माडीमा ‘बेटर युथ क्याम – २०७५’ सञ्चालन हुने

339
SwadeshPost

बेटर चितवन अभियानको आयोजनामा  कार्तिक २६ गते सोमबारदेखि २ दिनसम्म माडीको शिवद्वारमा ‘बेटर युथ क्याम – २०७५’ सञ्चालन हुन लागेको छ । ‘माडी र भरतपुरबीचको दुरीलाई अन्त्य गरौँ’ भन्ने मुल नारा रहेको सो क्याम्पका सहभागीहरुबिच माडी र भरतपुर बीचको दुरीलाई कसरी कम गर्ने साथै माडी क्षेत्रको कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य जस्ता महत्वपूर्ण क्षेत्रमा विकास ल्याउन के गर्नुपर्छ भन्ने विषयमा अन्तरसम्वाद गरिने अभियानका संयोजक सागर कार्कीले स्वदेश एफ.एम.लाई जनाउनुभयो ।

बेटर चितवन अभियान नामको सो संस्थामा हाल करिव ७० जना युवाहरु आवद्ध रहेका छन् । करिब तीन वर्षदेखि सक्रिय रहिआएको सो अभियानले चितवनमा युवा, शिक्षा, स्वास्थ्य, संस्कृती, वातावरण, प्रविधी र अर्थव्यवस्था गरी सात क्षेत्रमा काम गर्ने उद्देश्य राखेको छ ।

SwadeshPost