माडी स्पीकिङ आइडलको फाइनलका लागि २० जना प्रतिस्पर्धीहरु चयन

190
SwadeshPost

विद्यालय तहका विद्यार्थीहरुको वक्तृत्व, अभिव्यक्तिकला र नेतृत्व क्षमताको विकासका लागि जारी माडी स्पीकिङ आइडलको फाइनलका लागि २० जना प्रतिस्पर्धीहरु चयन भएका छन् । अाइतबार छनौटमा परेका २० जना प्रतिस्पर्धीहरुबिच माडी क्याम्पसको सभाहलमा साेमबार बिहान १० बजे फाइनल प्रतिस्पर्धा सञ्चालन गरिने कार्यक्रम संयोजक युवराज घिमिरेले स्वदेश एफ.एम.लाई जानकारी दिनुभयो ।

हेल्पिङ सोसाइटी नेपाल, लक्ष्मीनिवासको आयोजनामा सञ्चालित सो प्रतियोगिता अन्तरगत विद्यालय चरणको अडिसनबाट छानिएका ९१ जना प्रतिस्पर्धीहरुमध्ये ‘बालवालिकाहरुको व्यक्तित्व विकासमा नैतिक शिक्षाको आवश्यकता’ शीर्षकमा आज सम्पन्न वक्तृत्वकला प्रतियोगिताबाट अन्तिम फाइनलिस्ट छनौट गरिएको हो । सोमबार सञ्चालन हुने फाइनलका विजेताहरु मध्ये प्रथम, दोश्रो र तेश्रो हुने सहभागीहरुलाई ट्रफी, मेडल र प्रमाणपत्रका साथमा क्रमशः रु ६,०००/–, ४,०००/– र २,०००/– पुरस्कार प्रदान गरिने जनाइएको छ ।

SwadeshPost