तत्काल मुआब्जा उपलब्ध गराउन ठोरी गाउँपालिकाकाे माग

157
SwadeshPost

राष्ट्रिय गौरवको योजनाका रुपमा निर्माणधीन केन्द्रीय हुलाकी सडकले गाउँपालिका भित्रका जग्गाजमिन, घरघडेरी अतिक्रमण गरेकोले तत्काल मुआब्जा उपलब्ध गराउन ठोरी गाउँपालिकाले माग गरेको छ ।

जिल्ला प्रशासन कार्यालय ठोरीमा ज्ञापनपत्र बुझाउँदै गाउँपालिका प्रमुख पि.एल. श्रेष्ठ नेतृत्वको टोलीले पर्साका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौडेलमार्फत हुलाकी सडकले चर्चेको जमीनको मुआब्जा माग गरेको हो । सो टोलीमा पर्सा जिल्लाका ने.क.पा. नेताहरु नागेन्द्र चौधरी, प्रभु हजरा, छोटेलाल यादव र जिल्ला समन्वय समितिका उपाध्यक्ष ठाकुर न्यौपानेको सहभागिता रहेको थियो । पुर्व पश्चिम राजमार्गको दक्षिण पारी पूर्वदेखि पश्चिमी नेपालसम्म निर्माणाधीन रहेको हुलाकी सडकले ठोरी गाउँपालिकालाई माडीसंगै पश्चिमी चितवनलाई जोड्ने केन्द्रीय योजना रहेको छ ।

SwadeshPost