माडीको खैरहनी माध्यामिक विद्यालयमा एक नयाँ शैक्षिक अक्षयकोष स्थापना

312
SwadeshPost

माडीको खैरहनी माध्यामिक विद्यालयमा साेमबार एक नयाँ शैक्षिक अक्षयकोष स्थापना गरिएको छ । गरिब, जेहेन्दार र लगनशील विद्यार्थीको अध्ययनमा सहयोग पु-याउने उद्देश्यले विद्यालयमा आज सोमबार एक कार्यक्रमका बिच रु १० हजार राशीको ‘स्व. मुक्ति अर्याल स्मृति अक्षयकोष’ स्थापना गरिएको हो ।

स्व. मुक्ति अर्यालका भतिज पंकज अर्याल र धर्मपत्नी राधा अर्यालले आज विद्यालयका ब्यवस्थापन समिति अध्यक्ष कोमलनाथ भुसाल र प्रधानाध्यापक कुलानन्द भुसाललाई सो कार्यक्रममा रकम हस्तान्तरण गरी अक्षयकोष स्थापना गर्नुभएको हो । कार्यक्रममा बोल्दै अध्यक्ष भुसाल र प्रधानाध्यापक भुसालले अक्षयकोष दाता पंकज अर्याल, राधा अर्याल, पदम अर्याल, महनीलाल अर्याल, स्व. मुक्ति अर्यालका माता हुमकला अर्याल लगायत सम्पुर्ण परिवारजनप्रति हार्दिक आभार व्यक्त गर्नुभयो । स्व.मुक्ति अर्याल खैरहनी माध्यामिक विद्यालयका पुर्व विद्यार्थी रहनुभएको थियो ।

SwadeshPost