देउसीभैलोकाे रकमबाट बुलबुले कमलकुण्ड आमा समूहले सत्तल निर्माण गर्ने

134
SwadeshPost

तिहारमा खेलिएको देउसीभैलोबाट संकलित रकमबाट बुलबुले कमलकुण्ड आमा समूहले बुल्बुलेमा सत्तल निर्माण गर्ने निर्णय गरेको छ । सो आमा समूहको मंगलबार बिहान सम्पन्न बैठकबाट पर्यटकीय महत्वको बुल्बुलेमा धार्मिक तथा पर्यापर्यटन विकास गर्न सत्तल निर्माण गर्ने निर्णय गरिएको समूहले जनाएको छ ।

माडी नगरपालिका वडा नं. ७, देबेन्द्रपुर र जगन्नाथपुर क्षेत्रमा ३ दिनसम्म खेलिएको देउसी भैलोबाट कुल ७१ हजार रुपैंया संकलित भएको र ४ हजार खर्च भएकोमा बाँकी रहेको ६७ हजारको लागतमा सत्तल बनाउन लागिएको हो । आउँदो मंसिर १ गतेबाट निर्माण कार्य सुरु हुने सो सत्तलको निर्माणकार्य मंसिर महिनाभित्रै पुरा गर्ने लक्ष्य राखिएको छ ।

SwadeshPost