वडाध्यक्ष कुँवरको स्वास्थ्यमा क्रमिक सुधार

199
SwadeshPost

उच्च रक्तचापका कारण देब्रे कञ्चटमा रगत जमेकाले अचेत भई ढल्न पुग्नुभएका ठोरी गाउँपालिका वडा नं. १ का वडाध्यक्ष रामप्रकाश कुँवरको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको छ ।

कुँवरको भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचार भइरहेको हो । वरिष्ठ न्यूरोलोजिस्ट डा. अजित श्रेष्ठको टोलीले कुँवरको शल्यक्रिया गरेसंगै हाल आई.सि.यु.मा राखिनुभएका उहाँलाई भोली बुधबार वार्डमा सार्ने तयारी भएको उहाँको भाई बिनोद कुँवरले स्वदेश एफ.एम.लाई जनाउनुभयो । हाल कुँवरले मान्छे चिन्न सक्ने, बोलेको बुझ्न सक्ने, पुराना कुरा याद गर्ने तथा केहीमात्रामा बोल्न सक्ने अवस्था रहेको र यसमा क्रमिक रुपमा सुधार भइरहेको उहाँको परिवार श्रोतले जनाएको हो ।

SwadeshPost