घाइते साे.मा.वि का बिद्यार्थीहरुको उपचार अन्तरगत दोश्रो चरणको फलोअप

203
SwadeshPost

शैक्षिक भ्रमणको बस दुर्घटनामा परी घाइते भएका सोमेश्वर माध्यमिक विद्यालयका बिद्यार्थीहरुको उपचार अन्तरगत दोश्रो चरणको फलोअप जारी रहेकाे छ । डिस्चार्ज भई घर फर्किसकेका १६ जनाको भरतपुरस्थित नयाँ मेडिकल कलेज शिक्षण अस्पतालमा फलोअप स्वरुप पुनः स्वास्थ्य परीक्षण गरिएको हो भने फलोअप उपचारमा जान बाँकी रहेका अन्य घाइतेहरुलाई बुधबार सामुहिक रुपमा भरतपुर लैजान लागिएकाे छ ।

दोश्रो चरणको स्वास्थ्य परीक्षणबाट अस्पतालले एक जना घाइतेलाई थप आराम गर्नुपर्ने सुझाव दिएको तथा अरुको अवस्था सामान्य रहेको अस्पताल श्रोतले जनाएको छ । डिस्चार्ज हुन बाँकी रहेका दुईजना घाइतेहरुलाई आई.सि.यु.बाट वार्डमा सारी निरन्तर उपचार जारी रहेको छ । सो घाइतेद्वयको अवस्था चिन्तामुक्त रहेको र अबको तीन दिनमा डिस्चार्ज गर्ने अस्पतालको भनाई छ । पूर्वी नेपालसंगै भारतको सिक्किम तथा दार्जिलिङ क्षेत्रको भ्रंमण गरी फर्किदै रहेका ३४ जनाको भ्रमणटोली बोकेको शैक्षिक भ्रमणको बस कार्तिक २१ गते राती करीब १ बजे गीतानगर नजिकै पुल्लरमा दुर्घटना हुँदा २८ जना घाइते भएका थिए ।

यसैबिच, घाइतेहरुको राम्रो उपचारका लागि माडी नगरपालिका वडा नं. १ का वडाध्यक्ष कृष्ण पौडेलको संयोजकत्वमा तीन सदस्यीय उपचार सहयोग समूह गठन भएको छ । समूहका सदस्यहरुमा सुर्य भुसाल र यज्ञ प्रसाद शर्मा रहनुभएको छ ।

SwadeshPost