सेमिफाइनलका खेलहरू जित्दै वडा नं ३ र वडा नं ६ फाइनल प्रवेश

150
SwadeshPost

युवा खेलकूद तथा साँस्कृतिक समिति, माडी नगरपालिका वडा नं. ५ को आयोजनामा सञ्चालित माडी स्तरीय प्रथम वडा लीग फुटबल प्रतियोगिता-२०७५ अन्तरगत बुधबार सेमिफाइनलका खेलहरु सम्पन्न भएका छन् ।

बुधबार भएको सेमिफाइनलको पहिलो खेल वडा नं. १ र वडा नं ३ बिच भएकोमा निर्धारित समयमा दुबै टिमबाट २-२ गोलको बराबरी भएपश्चात खेलको निर्णय ट्राइबेकर मार्फत लिइएको थियो । ट्राइबेकरमा वडा नं १ लाई ४-२ को गोलअन्तरले पराजित गर्दै वडा नं ३ फाइनल प्रवेश गरेको छ । सो खेलको म्यान अफ द म्याच वडा नं ३ का गोलरक्षक अर्जुन महतो घोषित हुनुभयो । त्यस्तै, सेमिफाइनल अन्तरगत आजको दोस्रो खेल वडा नं ६ र वडा नं ८ बिच भएकोमा ३-० को गोलअन्तरसहित वडा नं ६ बिजयी हुँदै फाइनल प्रवेश गरेको छ । उक्त खेलको म्यान अफ द म्याच वडा नं ६ का खेलाडी किरण गुरुङ घोषित हुनुभयो ।

अब, कार्तिक ३० गते हुने फाइनल खेलमा बुधबारको सेमिफाइनलका बिजेताहरु वडा नं ३ र वडा नं ६ भिँड्नेछन् । प्रतियोगिताको बिजेता टोलीले ३५ हजार नगदको साथमा कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टोलीले २० हजारको साथमा कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

SwadeshPost