माडी न.पा काे अायाेजनामा स्त्रीरोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने

313
SwadeshPost

माडी नगरपालिकाको आयोजनामा शुक्रबार (कार्तिक ३० गते) बाट दुई दिनसम्म स्त्रीरोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुन लागेको छ । कार्तिक ३० गते शुक्रबार मध्यपूर्वी माडीको अयोध्यापुरी स्वास्थ्य चौकी खरकट्टामा तथा मंसिर १ गते गर्दी स्वास्थ्य चौकी, बरुवामा बिहान १० देखि दिउँसो ४ बजेसम्म निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुन लागेको नगरपालिकाको जनस्वास्थ्य शाखाका प्रमुख शिव सुवेदीले स्वदेश एफ.एम.लाई जानकारी दिनुभयो ।

शिविरमा पाठेघरको मुखको क्यान्सरको जाँच तथा परामर्श, आँग खस्ने समस्याको जाँच, उपचार तथा परामर्श, यौनरोगको जाँच तथा उपचार, स्त्रीरोग विशेषज्ञबाट जाँच तथा उपचार, गर्भवती र अत्यावश्यक बिरामीलाई भिडियो एक्सरे लगायतका सेवा उपलब्ध रहने उहाँको भनाई छ । शिविरमा सहभागी भई स्वास्थ्यलाभ गर्न नगरपालिकाले सम्बन्धित बिरामीहरुमा अनुरोध गरेको छ ।

SwadeshPost