अयोध्यापुरी मध्यवर्ती सामुदायिक होमस्टेमा डाइनिङ हल निर्माण जारी

267
SwadeshPost

मध्यपूर्वी माडीको शिवद्वारस्थित अयोध्यापुरी मध्यवर्ती सामुदायिक होमस्टेमा खाना खाने डाइनिङ हल निर्माण जारी रहेको छ । करीब ९ लाखको लागतमा निर्माण भइरहेको सो हलमा ३६ जनासम्म पर्यटकहरुले सहज रुपमा खानपिन गर्न सक्ने क्षमता रहेको होमस्टेका कार्यालय प्रतिनिधी सोम बहादुर पुनमगरले जानकारी दिनुभयो । तराई भू–परिधी कार्यक्रम (ताल)को आर्थिक लगानीमा डाइनिङ हलको निर्माण भइरहेको हो । सभाहलको भवनसंगै जोडिएर निर्माण भइरहेको सो हलको सम्पूर्ण निर्माणकार्य मंसिरभित्रै पुरा भइसक्ने जनाइएको छ ।

यसैबिच, होमस्टेमा आन्तरिक तथा बाह्य पर्यटकहरु आउने क्रम बढिरहेको छ । जारी बर्षको बैशाखमा ६९१ जना, ज्येष्ठमा ५३४ जना, असारमा २१३ जना, साउनमा १६२ जना, भदौमा २३० जना तथा असोजमा २५० जना पर्यटकहरु होमस्टेमा बसेका थिए । अब पर्यटकहरु आउने सिजन सुरु भएको तथा नियमित रुपमा होमस्टेको अग्रिम बुकिङ आउने गरिरहेको होमस्टेले जनाएको छ ।

SwadeshPost