‘नागरिकको अपेक्षा : सुशासन, पारदर्शिता र जवाफदेहिता’ कार्यक्रम माडीमा

177
SwadeshPost

मानव अधिकार तथा शान्ति समाज, चितवनको आयोजनामा शनिबार माडीको बसन्तपुर बजारमा ‘नागरिकको अपेक्षा : सुशासन, पारदर्शिता र जवाफदेहिता’ बिषयक प्रवचन कार्यक्रम सम्पन्न भएको छ ।

बघौंडा मध्यवर्ती उपभोक्ता समितिको सभाहलमा सम्पन्न सो कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी तथा नेपाली काँग्रेस माडीका नेताहरुसंगै विभिन्न वडाका वडाध्यक्ष, रेडक्रसकर्मी, सञ्चारकर्मी तथा मानव अधिकारप्रति सरोकार राख्ने निकायका प्रतिनिधीहरुको सहभागिता रहेको थियो । मानव अधिकार तथा शान्ति समाज, चितवन अध्यक्ष काशिराम गिरीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा उहाँसंगै सो संस्थाका पूर्व केन्द्रीय सचिव विश्वप्रकाश बास्तोला, केन्द्रीय सचिव राजेन्द्र पौडेल र केन्दीय सदस्य बाबुहरि आचार्य लगायतले प्रवचनात्मक अन्तरक्रिया सञ्चालन गर्नुभएको थियो ।

कार्यक्रममा नागरिकहरुले सरकार, स्थानीय सरकार, राजनैतिक दल तथा अन्य निकायहरुबाट सुशासन, पारदर्शिता र जवाफदेहीताको अपेक्षा गर्ने गरेकाले सरकारसंगै स्थानीय सरकारहरुले हरेक योजना कार्यान्वयनमा नागरिकहरुलाई सुचना प्रदान गरिरहनुपर्नेमा जोड दिइएको थियो । सो संस्थाले जीवनमुखी, जगतमुखी र सेवामुखी अभियानको नारा बोकी मानव अधिकार तथा शान्ति स्थापनाको क्षेत्रमा विभिन्न क्रियाकलाप गर्दै आएको छ ।

SwadeshPost