दाहालको सहयोगार्थः नेकपासम्बद्ध युवाहरु सम्मिलित ५ सदस्यीय कार्यसमूह गठन

154
SwadeshPost

घर भत्कीएर बेघर हुनुभएकी माडी सितलपुरकी शेष कुमारी दाहालको सहयोगार्थ रामेश्वर चौधरीको संयोजकत्वमा नेकपासम्बद्ध युवाहरु गोबिन्द न्यौपाने, हरिकृष्ण लामिछाने, विपीन पाठक, क्षेत्रप्रसाद देवकोटा सम्मिलित ५ सदस्यीय कार्यसमूह गठन भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सम्बद्ध युवाहरुले यसअघि दाहालको घर निर्माण गरिदिने घोषणा गरेका थिए ।

हरि भुसाल, नारायण पौडेल, ऋषि काफ्ले, सन्तोष चापागाईं, रामबन्धु पोखरेल, रेशमलाल आचार्य, श्रीप्रसाद दवाडी लगायतका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा युवाहरुको उपस्थितिमा भएको बैठकमा सो कार्यसमिति गठन भएको हो । यसअघि दाहालको भत्किएको घरको व्यवस्थापनमा आयोजित श्रम शिविरमा माडीका नगर प्रमुख ठाकुर प्रसाद ढकालले दाहाललाई बस्ने घरको ब्यबस्था गर्न सार्वजनिक अपील गर्नुभएको थियो । लक्ष्मी दाहालका नाउँले चिनिनुहुने शेष कुमारी दाहालको घर ढलेसंगै उहाँ बेघर हुनुभएको हो । उहाँको श्रीमान करीब ७ बर्षदेखि हराइरहेका तथा छोरा पनि करीब ३ बर्षदेखि सम्पर्कमा नभएकाले परिवारमा एक्लै रहनुभएको छ 

SwadeshPost