मन्दिरको भवन निर्माणमा धमाया पौडेल १२ लाख ५० हजार मुल्यको जमीन दान

296
SwadeshPost

माडीको भैरवपुरस्थित शिवालय मन्दिरको भवन निर्माणका लागि स्थानीयबासी धमाया पौडेलले स्वर्गिय श्रीमान तेजप्रसाद पौडेलको स्मृतिमा १२ लाख ५० हजार मुल्यको ५ कठ्ठा जमीन दान गर्नुभएको छ ।

एकादशी पर्वको अवसरमा माडीको भैरवपुरस्थित शिवालय मन्दिर व्यवस्थापन समितिले शिवालय मन्दिरका लागि जमीन खरिद सहयोगार्थ सञ्चालन गरेको घुम्ती साँस्कृतिक कार्यक्रम अन्तरगत स्वर्गिय श्रीमानको स्मृतिमा सो जमीन दान गरिएको हो । दानस्वरुप प्राप्त जमीनबाट मन्दिरको भवन निर्माण गरिने शिवालय मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

एकादशी पर्वको अवसर पारी भैरवपुर गाउँभर सञ्चालन भएको देउसी भैलो प्रकृतिको घुम्ती साँस्कृतिक कार्यक्रमकै सन्दर्भमा नगद ३ लाख ७२ हजार दान रकम समेत संकलन गरिएको छ । मन्दिरको भवन निर्माणका लागि भैरवपुरबासी तुलसी प्रसाद न्यौपानेले ७५ हजार दान गर्नुभएको छ भने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बलराम अधिकारी र वडा नं. २ का वडाध्यक्ष ईश्वरी प्रसाद ढकालले २५/२५ हजार रुपैंया दानस्वरुप प्रदान गर्नुभएको छ । त्यसैगरी भैरवपुरबासी महादेव भुर्तेल, बलीभद्र न्यौपाने र शिव प्रसाद ढकालले समेत २५/२५ हजार रुपैंया दान गर्नुभएको छ । त्यस्तै सोही गाउँबासी जस बहादुर गुरुङले २० हजार, लोकनाथ पौडेलले १५ हजार तथा खेमलाल पौडेलले १० हजार १५० दान गर्नुभयो भने स्व. मुक्तिप्रसाद परिवार र स्व. देवीलाल पौडेलको नाउँमा उहाँहरुको परिवारले १०/१० हजार दान गरेको छ ।

त्यसैगरी मन्दिरको जग्गा खरिद सहयोगार्थ भैरवपुरबासीहरु मोहनीलाल काफ्ले, देवभक्त पंगेनी, बोधराज बराल, धनपति न्यौपाने, नारायणदत्त सापकोटा, नारायण प्रसाद पौडेल, बलिराम न्यौपाने, राम प्रसाद अधिकारी, तारानाथ पौडेल, खेमलाल पौडेल, हरि प्रसाद लम्साल र गिरीधारी पौडेलले १०/१० हजार रुपैंया दान गर्नुभएको छ । घुम्ती साँस्कृतिक कार्यक्रम मंगलबार समेत जारी रहने वडा नं. २ का वडाध्यक्ष ईश्वरी प्रसाद ढकालले स्वदेश एफ.एम.लाई जानकारी दिनुभयो ।

SwadeshPost