माडीको बैकुण्ठधामको सामुहिक अनुगमन, मेलाको तयारी आरम्भ

264
SwadeshPost

मध्यपूर्वी माडीको महत्वपूर्ण पर्यटकीय क्षेत्र बैकुण्ठधामको मंगलबार पत्रकारको टोलीसहित सामुहिक अनुगमन गरी बैकुण्ठ मेलाको तयारी आरम्भ गरिएको छ । कार्ययोजना अनुसार शौचालय र खानेपानी व्यवस्थापन, शिवजीको मुर्ती अगाडीको ढुङ्गे बाटो मर्मत, पार्क सरसफाई, सिँढी मर्मत, मन्दिर क्षेत्रमा सोलार बत्ती जडान, ढुंगे बाटो मर्मतसम्भार, ताल तथा शिवलिंग वरपर सरसफाई, पञ्चधारा मर्मत एवं राम मन्दिरको व्यवस्थापन लगायतका काम गर्नुपर्ने सुझाव टिपोट गरिएको छ । त्यसैगी बैकुण्ठ मेला लाग्ने चौरसम्मको बाटो समेत ग्रेडर लगाई मर्मत गर्नुपर्ने अवस्था रहेकोले बाटो मर्मतका लागि माडी नगरपालिकासंग अनुरोध गर्नेसमेत निष्कर्ष निकालिएको छ ।

अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष मथुरा बहादुर भण्डारी, माडी नगरपालिका वडा नं. ८ का वडाध्यक्ष कृष्णराज अधिकारी, स्वदेश एफ.एम.का अध्यक्ष देव अञ्जान शाह, युवा पण्डित सुदर्शन सुवेदी, बैकुण्ठे पर्यटन विकास समितिका अध्यक्ष जित बहादुर शाही र सचिव राजकुमार परियार, स्वदेश टि.भी.का फोटो पत्रकार विजय विश्वकर्मा, माडी नगरपालिकाको कार्यपालिका सदस्यद्वय साबित्री रेग्मी र डिल बहादुर गायक तथा वडा सदस्यहरु र स्थानीय ग्रामीण नारी उत्थान समाजका अध्यक्ष बुद्धिसरा बि.क. तथा समाजका सदस्यहरु एवं स्थानीयबासीहरुको टोलीले बैकुण्ठ ताल र सो वरपरको क्षेत्र अवलोकन भ्रमण गरी मेलाको तयारीको कार्ययोजना तयार पारेको हो ।

SwadeshPost