माडीमा एक समूहले पुराना रोग निको बनाइदिने भन्दै चोरी गरिरहेकोले सचेत हुन आग्रह

105
SwadeshPost

झारफुक गरी जन्तरमार्फत पुराना रोग निको बनाइदिने भन्दै बेहोस बनाएर एक समूहले धनमाल चोरी गरिरहेको गुनासो बढेको छ । चितवनका विभिन्न ठाउँहरुमा त्यसप्रकारका घटना बढेको भन्दै माडीमा समेत सचेत हुन आग्रह गरिएको छ ।

माडी नगरपालिका वडा नं. १ का वडाध्यक्ष कृष्ण पौडेलले सामाजिक सञ्जालमार्फत हात हेर्ने, झारफुक गर्ने, जन्तर बनाइदिने, पुरानो रोग निको पारिदिने भन्दै ४ जना तराईमुलका जस्ता देखिने अधबैसे महिलाहरुको समूहले बेहोस बनाएर धनमाल चोरी गरिरहेको सार्वजनिक जानकारी गराउनुभयो त्यस प्रकृतिकाे कुनै समूह गाउँघरमा आए प्रहरीलाई खबर गरी सहयोग गरिदिन समेत वडाध्यक्ष पौडेलले अनुरोध गर्नुभएको छ ।

यसअघि, गत महिनाको असोज १२ राति माडी नगरपालिका-६ कल्याणपुरका भीमबहादुर सुनारको घरमा बास बस्न आएका एक महिला र पुरुष बास माग्न पुगेकोमा घरमा रहेका भीमबहादुरकी आमा मायाकुमारी र श्रीमती लाई आँपको जुसमा बेहोस् हुने औषधी मिसाएर पिलाएका थिए । दुबै बेहोस् भएपछि घरमा रहेको १५ तोला सुनका गरगहना र दुई थान मोबाइल लुटेर राति नै दुबैजना फरार भएका थिए ।

SwadeshPost