प्रचण्डको विकास बजेट माडी केन्द्रीत

75
SwadeshPost

चितवन क्षेत्र नं ३ बाट निवार्चित हुनुभएका पुष्पकमल दाहाल ‘प्रचण्ड’को विकास बजेट माडी केन्द्रीत रहेको देखिएको छ । स्थानीय पूर्वाधार विकास तथा साझेदारी कार्यक्रमवापत निकासा भएको रकममा माडी क्षेत्र प्राथमिकतामा परेको जिल्ला समन्वय समिति चितवनले जनाएको हो ।

चिवनको क्षेत्र नं. ३ का लागि यस क्षेत्रका निर्वाचित संघीय सांसद प्रचण्ड नै संयोजक हुने गरी रु चार करोड विकास बजेट जिल्ला समन्वय समिति मार्फत निकासा हुने व्यवस्था रहेकोमा माडी उपत्यकाका लागि मात्रै १ करोड ७१ लाख बजेट विनियोजन गरिएको छ । भरतपुर महानगरपालिकाका २० वटा वडाका लागि रु दुई करोड २७ लाख बजेट विनियोजन हुँदैगर्दा माडीका ९ वटाका लागि सो रकम विनियोजित छ ।

प्रचण्डले माडीमा सडक, कल्भर्ड, पुल, पार्क, विद्यालय लगायतका पूर्वाधारमा बजेट विनियोजन गर्नुभएको छ । क्षेत्र नं. ३ मा रहेको कुल जनसङ्ख्याको अनुपातमा प्रचण्डको प्राथमिकता माडी क्षेत्रमा परेको जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले जनाउनुभयो । विकासमा पछाडी परेको र सशस्त्र द्वन्द्वको समयामा बाँदरमुढे घटना भएको क्षेत्र पनि माडी नै रहेकोले साँसद कोषमार्फत हुने विकास बजेटमा माडीलाई प्राथमिकतामा पारिएको प्रचण्डको सचिवालयले स्वदेश एफ.एम.लाई जनाएको हो ।

Mahindra