माडीको खैरहनीमा अवस्थित रेड हिल पार्क सरसफाई

599
SwadeshPost

माडीको सोमेश्वर मध्यवर्ती सामुदायिक बनको छेउ, खैरहनीमा अवस्थित रातो माटे डाँडोका नाउँले समेत चिनिने रेड हिल पार्क पुग्ने बाटो सरसफाई गरिएको छ । जनजागरण महिला समूह, खैरहनीको आयोजनामा मंगलबार सो पार्क पुग्ने बाटोमा रहेको झाडी तथा बुट्यानहरु सफा गरी पैदल मार्ग तयार गरिएको हो । सो कार्यक्रममा खैरहनीको प्रकृति तथा वातावरण संरक्षण समाज सम्बद्ध युवाहरुको समेत सहभागिता रहेको थियो ।

माडीका अधिकांश भू-भागहरुको दृश्यावलोकन गर्न सकिने सो स्थानमा भ्युटावर र पिकनिक स्पट बनाउन माडी नगरपालिका वडा नं. ४ अन्तरगतका क्लबहरु, समूह र स्थानीयबासीहरु लागी परिरहेको अवस्थामा सो क्षेत्रमा सरसफाई कार्यक्रम आयोजना गरिएको जनजागरण महिला समूहकि अध्यक्ष सरस्वती तिवारीले स्वदेश एफ.एम.लाई जानकारी दिनुभयो ।

SwadeshPost