टम्टा आन्दोलन जबरजस्ती तुहाइएको ब्राह्मण समाज नेपालकाे आरोप

337
SwadeshPost

जंगली जनावरको आक्रमणबाट माडीको टम्टामा दुईजना महिलाहरुको मृत्यु भएसंगै सुरु भएको आन्दोलनलाई जबरजस्ती तुहाइएको ब्राह्मण समाज नेपालले आरोप लागेको छ । समाजका अध्यक्ष मिलन पौडेलले शुक्रबार एक वक्तव्य जारी गर्दै निकुञ्ज तथा बा संरक्षण ऐनको जनपक्षीय शंसोधन हुने निश्चित नभई आन्दोलन अन्त्य गरिनु माडीबासीहरुलाई धोका भएको बिचार व्यक्त गर्नुभएको हो । यसरी जंगली जनावर मानवबस्ती प्रवेश गरी मान्छे मारेमा १० लाख लिएर आन्दोलन तुहाउने क्रम चलिरहे निकुञ्जको ऐन संशोधन हुन नसक्ने बिज्ञप्तीमा जिकीर गरिएको छ । निकुञ्ज र प्रशासन १० लाख २५ हजार दिन तयार भएकोमा के माडीबासी मर्न वा मारिन तयार हुनुपर्ने हो, बिज्ञप्तीमार्फत समाजले सार्वजनिक प्रश्न गरेको छ ।

गत बुधबार र बिहीबार बिहानैदेखि माडीका चोक एवं बजार क्षेत्रमा स्वतस्फूर्त रुपमा आन्दोलनकारीहरु सडकमा निक्लिएर प्रदर्शन गरेका थिए भने माडीको सार्वजनिक यातायात सेवा बन्दप्रायः देखिएको थियो । तर आन्दोलनले तार्किक निष्कर्ष पाउनु अगावै सो आन्दोलन सम्झौता सकिएको थियो । माडीमा हात्तीको आक्रमणबाट मृत्यु भएका दुई जनालाई चितवन राष्ट्रिय निकुञ्जले प्रति व्यक्ति रु. १० लाख क्षतिपूर्ति दिने तथा किरिया खर्च स्वरूप २५/२५ हजार रुपैयाँ पनि निकुञ्जले बेहोर्ने सहमति भई आन्दोलन सकिएको हो । यी बुँदाहरु कुनै आन्दोलन नगर्दा समेत पीडित पक्षले पाउने व्यवस्था रहेको छ ।

SwadeshPost