छरछरे कृषि सहकारी संस्था लि.को तेस्रो बार्षिक साधारणसभा तथा दोस्रो अधिवेशन सम्पन्न

140
SwadeshPost

छरछरे कृषि सहकारी संस्था लि.को तेस्रो बार्षिक साधारणसभा तथा दोस्रो अधिवेशन शनिवार सम्पन्न भएको छ । सहकारीका अध्यक्ष भोजराज अर्यालको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको प्रमुख अतिथि पशु सेवा केन्द्र माडीका प्रमुख गोपाल अधिकारी तथा विशिष्ट अतिथि लेप्रोसी मिसन पेष्ट परियोजनाका प्रोजेक्ट म्यानेजर विष्णु ढुङ्गाना रहनुभएको थियो ।

शनिवारकाे अधिवेशनले साे सहकारीकाे नयाँ कार्यसमिति चयन गरेको छ । अधिवेशबाट अध्यक्षमा प्रेमप्रसाद पौडेल चयन हुनुभएको छ भने उपाध्यक्षमा हेमा महतो, सचिवमा गोविन्द सुवेदी र कोषाध्यक्षमा यमकुमारी पराजुली चयन हुनुभएको छ । त्यसैगरी ऋण उससमिति संयोजकमा रामकृष्ण महतो र लेखा समिति संयोजकमा धनु घिमिरे चयन हुनुभएको छ ।

SwadeshPost