२७ औं अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको अवसरमा माडीको बसन्तपुरमा विशेष कार्यक्रम गरियाे

102
SwadeshPost

२७ औं अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको अवसरमा आज सोमबार माडीको बसन्तपुरमा अपाङ्ग दिवश विशेष कार्यक्रम सम्पन्न गरिएको छ । माडीको बसन्तपुरस्थित खुला चौरमा सम्पन्न हाम्रो सवाल नगर प्रमुखको जवाफ विषयक सो कार्यक्रममा माडी नगरपालिकाका नगरप्रमुख ठाकुरप्रसाद ढकालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा अपाङ्ग संस्थाको कार्यालय व्यवस्थापन, स्वास्थ्य बीमाको निरन्तरता र वृद्धि गर्ने, अपाङ्गलाई सेवा प्रदान गर्ने संस्थाहरुलाई माडी नगरपालिकाले दिने अनुदान कोष लगायतका विषयमा छलफल गरिएको र यस विषयमा नगरप्रमुखबाट सकारात्मक प्रतिकृया आएको माडी नगर अपाङ्ग उत्थान समन्वय समितिका अध्यक्ष यमबहादुर अधिकारीले स्वदेश एफ.एम.लाई जानकारी दिनुभयो ।

विश्व स्वास्थ्य संगठनको आह्वानमा सन् १९९२ देखि वर्षेनी डिसेम्बर ३ मा संसारभर विश्व अपांगता दिवस मनाइन्छ । सन् २०११ मा विश्व बैंक र विश्व स्वास्थ्य संगठनद्वारा प्रकािशत अपांगतासम्बन्धी प्रतिवेदन अनुसार विश्वको कुल जनसंख्याको १५ प्रतिशत मानिसमा कुनै न कुनै प्रकारको अपांगता छ । नेपालमा २०६८ सालको जनगणना अनुसार नेपालको कुल जनसंख्याको १.९४ प्रतिशत अपांगता भएका व्यक्ति रहेका छन् ।

SwadeshPost