लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान: माडीका निगरानी समूहबिच अन्तरक्रिया

122
SwadeshPost

मानव बेचविखन तथा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत साेमबार माडीका निगरानी समूहबिच अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ । “उद्धार रोकथाम र पुनस्र्थापनको माध्यमबाट मानव बेचबिखनको गरौं अन्त्य” भन्ने नाराका साथ माडी नगरापलिका ७ देवेन्द्रपुरमा सो कार्यक्रम सम्पन्न भएको हो ।

बुलबुले कमलकुण्ड निगरानी समुहकी अध्यक्ष यमकला च्वाईको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा बुलबुले टोलसुधार समितिका अध्यक्ष कृष्ण बहादुर रानाभाट प्रमुख आतिथि रहनुभएको थियो । कार्यक्रममा टम्टा प्रहरी चौकीका हवल्दार धिरेन कुमार झा विशिष्ट अतिथि रहनुभएको थियो । कार्यक्रममा मानव बेचविखन हटाउनका लागि निगरानी समुहले गर्नुपर्ने कामहरु, लैङ्गिक हिंसा न्युनिकरण गर्न चाल्नुपर्ने कदमहरु र मानव बेचबिखन रोकथामको लागि आवश्यक सचेतानाका विषयमा अन्तरकृया गरिएको कार्यक्रम सञ्चालिका तथा थ्रि एञ्जल्स चितवन शाखाकी प्रमुख ममीला गुरुङले स्वदेश एफ.एम.लाई जानकारी दिनुभयो । बुलबुले कमलकुण्ड समूहकी सचिव शुसिला आचार्यले स्वागत मन्तब्य राख्नुभएको सो कार्यक्रममा स्थानीय समाजसेवी, वडा प्रतिनिधी, बुद्धिजिवी, विद्यालयका शिक्षक, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

SwadeshPost