पुर्वमन्त्री पाण्डेद्वारा माडीमा हात्तीको आक्रमणमा परी मृत्यु भएका दुई महिलाको परिवारलाइ राहत रकम प्रदान

346
SwadeshPost

जंगली हात्तीको आक्रमणमा परी मृत्यु भएका माडी टम्टामा दुईजना महिलाको परिवारलाइ पुर्वमन्त्री तथा विक्रम पाण्डेले राहत रकम प्रदान गर्नु भएको छ । बुधवार माडीको कृष्णनगर पुगेर पिडित परिवारलाई समवेदना प्रकट गर्दै पुर्वमन्त्री पाण्डेले १३ दिनको कर्म पुरा गर्न जनही ३० हजार रुपैयाँ नगद प्रदान गर्नु भएको हो ।

राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रीकले आयोजना गरेको श्रद्धान्जली सभालाई सम्बोधन गर्दै सो पार्टीका केन्द्रिय उपाध्यक्ष समेत रहनु भएका पाण्डेले जंगली जनावरको आक्रमणबाट हुने क्षतिलाई स्थायी रुपमा समाधान गर्न वर्तमान सरकारसंग माग गर्नु भएको छ । उहाँले माडीमा जंगली जनावरको आक्रमणबाट बर्षेनी धेरैले ज्यान गुमाउनु परेको भन्दै माडीबासीको जिउधनको सुरक्षा हुने गरी स्थायी रुपमा समाधन गर्न सरकार संग माग गर्नु भएको हो । कार्यक्रममा बोल्दै उहाँले माडीबासीको सुखदुखमा निरन्तर साथ दिने र आपतको समयमा आफनो तर्फबाट सहयोग पुराउने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

SwadeshPost