आधारभूत विद्यालय रतनी, माडी को तीनकोठे पक्की भवन निर्माण पुरा

25
SwadeshPost

माडीको रतनी गाउँस्थित आधारभूत विद्यालय रातनीको तीनकोठे पक्की भवन निर्माण पुरा भएको छ । पुरानो विद्यालयभन्दा करीब १ किलोमिटर दक्षिणतर्फ नयाँ ठाउँमा विद्यालय भवन निर्माण गरिएसंगै सो विद्यालय नयाँ ठाउँमा सर्ने भएको छ । भवन निर्माणका लागि नारायणगढ निवासी कृष्ण बन्धु पियाले हाल भवन निर्माण गरिएको रतनी गाउँकै दक्षिणी भेगमा १२ कठ्ठा ७ धुर जमीन दानस्वरुप उपलब्ध गराउनुभएको थियो । पुरानो ठाउँको भवन नजिकै कटान गर्दैै रीउ नदी आइपुगेपछि खादर टोलनजिक नयाँ ठाउँमा विद्यालयको भवन निर्माण गरिएको विद्यालयका प्रधानाध्यापक बीरेन्द्र चौधरीले स्वदेश एफ.एम.लाई जानकारी दिनुभयो । सो नयाँ ठाउँमा सम्पूर्ण कक्षा सञ्चालनका लागि कक्षाकोठा नपुग हुने भएकाले हाल पठनपाठन भने पुरानै भवनबाट सञ्चालन भइरहेको छ ।

शिक्षा विकास केन्द्रीय आयोजना कार्यान्वयन ईकाईको करीब ३१ लख ५० हजार र माडी नगरपालिकाको करीब २० लाख रुपैंया गरी कुल ५१ लख ३६ हजार ७४८ रुपैंयाको लागतमा सो आर.सि.सि. ढलानयुक्त तीनकोठे पक्की भवन निर्माण गरिएको हो । विद्यालयका लागि आवश्यक थप ४ वटा कोठाहरु निर्माणमा एक फ्रान्सेली संस्थाले रुची देखाएको भएपनि निश्चित भने भइनसकेको विद्यालयले जनाएको छ ।

Mahindra