खुर्सानी पिनेर खुर्सानीको धुलो र दाल खान बाध्य, गोबिन्दबस्ती माडीका चेपाङ बालबालिकाहरु

753
SwadeshPost

विपन्न चेपाङ समुदायका विद्यार्थीहरूको बाहुल्यता रहेको चितवनको माडी नगरपालिका–९ बगई, स्थित आधारभुत विद्यालय गोबिन्दबस्तीको छात्राबासमा चेपाङ समुदायका ७४ भन्दा बढी छात्र छात्राहरू बस्दै आएका छन । घर देखि विद्यालय टाढा रहेकाले बगई, प्याउली, कुसुमखोलाका चेपाङ समुदायका विद्यार्थीहरू यो छात्रावासको सहारा लिन बाध्य छन् । कलिला ति बालबालिकाहरू आँफै खाना पकाउछ, आँफै भाडा माझ्छन, आँफै लुगा धुन्छन । अझ भनौ आफ्नो सबै काम आफै गर्छन । यतिसम्म कि त्यहाँका विद्यार्थीहरूले खुर्सानी पिनेर खुर्सानीको धुलो र दाल सगँ मात्रै खाना खान बाध्य छन् । त्यहाँ नत शौचालयको नै राम्रो प्रबन्ध छ नत ओड्ने ओछ्याउने कपडा नै गतिला छन । भित्र छिर्दा मन नै भक्कानिएर आउने जस्तो अबस्था छ । यो हालतमा कसरी रात कटाए होलान ? अनि यो वातावरणमा कसरि विद्यार्थीहरूले पढे होलान् ?


यो चिसो मौसममा कलिला ति बालबालिकाहरु न त राम्रोसंग खान नै पाएका छन् न त न्यानो लुगा लगाउन पाएका छन् । आर्थिक अभावका कारण कति दिनहरु भोकोपेट बिताउनुप¥यो त्यो गनेर साध्य छैन । आधारभुत विद्यालय गोविन्दबस्तीका प्रधानाध्यापकका अनुसार, आर्थिक अभावमा छात्रावासमा सहयोगि राख्न सकिएको छैन । खाद्यान्नको अभाव छ । खाद्यान्न तथा लत्ताकपडा किन्न पैसा छैन । कोहि कसैले सहयोग गरे विद्यार्थीले राम्रो संग खान तथा लाउन पाउँछन् नत्र सामान्य रूपमा ति कलिला बालबालिकाहरुले यसरि नै गुजरा चलाउदै आएका छन् । त्यतिमात्रै हैन सो छात्रावासमा बालबालिकाहरूका लागि कुनै पनि सहयोगी छैनन् ।

SwadeshPost