मन्त्री दावा दोर्जे लामाद्वारा माडीका दुईवटा कृषि फर्महरुको उद्घाटन

501
SwadeshPost

कृषि, भुमि व्यवस्था तथा सहकारी मन्त्री दावा दोर्जे लामाले बिहिबार माडीका दुईवटा कृषि फर्महरुको उद्घाटन गर्नुभएको छ । मन्त्री लामाले बिहीबार बिहान माडी नगरपालिका वडा नं. २ अवस्थित श्रमजीवी पाडा पाडी फर्मको उद्घाटन गर्नुभएको हो । त्यसैगरी माडी नगरपालिका वडा नं. ६, स्याउलीबासस्थित शुभारम्भ एग्रो फर्मको पनि उद्घाटन गर्नुभयाे। दुबै कार्यक्रमहरुमा मन्त्रीसंगै नगरपालिकाका जनप्रतिनिधी एवं नेकपाका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

यसैबिच, यसैबिच, भरतपुर–माडी–ठोरी हुलाकी सडक अन्तरगत भरतपुरको पकौडी चोकदेखि जगतपुरको राप्ती पुलसम्मको सडक स्तरोन्नति हुने भएको छ । पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं चितवन क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य पुष्पकमल दाहाल ‘प्रचण्ड’को पहलमा सो सडकको स्तरोन्नति हुन लागेको हो । पटिहानीको पकौडी चोकदेखि जगतपुर राप्ती पुलसम्मको ७ किलोमिटर सडक खण्ड स्तरोन्नतिका लागि अर्थ मन्त्रालयले रु नौ करोड ७५ लाख निकाशा गरेको जनाइएको छ ।

SwadeshPost