माडीको कीर्तनपुरमा मोटरसाइकल दुर्घटनाः दुईजना गम्भीर घाइते

113
SwadeshPost

माडीको कीर्तनवपुरमा आज बिहीबार साँझ भएको मोटरसाइकल दुर्घटनामा दुईजना गम्भीर घाइते भएका छन् । साँझ करीब ६ बजे भएको दुर्घटनामा परी माडी नगरपालिका वडा नं. ८ निवासी सौरभका नाउँले चिनिनुहुने शुरेस सुवेदी र माडी नगरपालिका वडा नं. ३ निवासी हरि महतो गम्भीर घाइते हुनुभएको हो ।

साँझपख बसन्तपुरबाट खरकट्टातर्फ जाँदै गरेको ना.२४ प. ५७०८ र विपरित दिशाबाट आउँदै गरेको ना.५ प. ५५७९ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना भएको हो । घाइते सुवेदीलाई बसन्तपुरस्थित बघौंडा अस्पतालमा प्राथमिक उपचारपश्चात थप उपचारका लागि भरतपुर लगिएको परिवार श्रोतले जनाएको छ । अर्का घाइते महतोको बघौंडा अस्पतालमा उपचार भइरहेको जनाइएको छ । दुर्घटनाको कारण स्पष्ट नभएपनि तीब्र गतिका कारण दुर्घटना भएको हुनसक्ने घटनास्थलबाट हाम्रा सहकर्मी विजय विश्वकर्माले जनाउनुभयो । घटनाको थप अनुसन्धान जारी रहेको माडी प्रहरीले जनाएको छ ।

SwadeshPost