विद्युत प्राधिकरण माडी सेवा केन्द्रले बिहीबारदेखि मिटरबक्स वितरण र जडान कार्य सुचारु गर्ने

39
SwadeshPost

नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्र अन्तरगत माडी सेवा केन्द्रले बिहीबारदेखि मिटरबक्स वितरण र जडान कार्य सुचारु गर्न लागेको छ । पछिल्लो समयमा करीब १५० जना नयाँ ग्राहकहरुले मिटरबक्सका लागि आवेदन गरेका छन् । आवेदकहरुका लागि भन्दै आज बसन्तपुर केन्द्रमा ५० वटा मिटरबक्स आइपुगेको छ । त्यसमध्ये भोलिबाट मिटर जोड्न सुरु गरिने र बाँकी रहने उपभोक्ताहरुका लागि आउँदो साताको सुरुमै थप मिटरबक्स आइपुग्ने चनौली जगतपुर माडी ३३ के.भी. विद्युत प्रसारण परियोजना एवं माडी सेवा केन्द्रका प्रमुख आनन्द कुँवरले स्वदेश एफ.एम.लाई जानकारी दिनुभयो । यसअघि लामो समयदेखि नयाँ मिटर जडानको काम रोकिएकाले नयाँ उपभोक्ताहरुको घरमा बिजुली जडान हुन सकेको थिएन ।

यसैबिच, केहि साता अघि नेपाल विद्युत प्राधिकरणले माडीमा थप १२ किलोमिटर तार तानेकोमा हालै थप ७३ वटा पोलहरुमा बिजुली बिस्तार गरेको छ । जारी साताभित्रै माडीभर ३ देखि ४ वटासम्म ट्रान्सफर्मर राख्ने काम गरिने प्राधिकरणको भरतपुर वितरण केन्द्रले जनाएको छ ।

Mahindra