ठोरी गाउँपालिकाका अध्यक्ष पि.एल. श्रेष्ठ नेतृत्वकाे टाेलिद्वारा सोमेश्वरगढीको अवलोकन भ्रमण

282
SwadeshPost

पर्यटकीय गन्तव्यस्थलका रुपमा देशैभर पहिचान बनाइरहेको सोमेश्वरगढी क्षेत्रको बुधबार ठोरी गाउँपालिकाका अध्यक्ष पि.एल. (पदमलाल) श्रेष्ठले अवलोकन भ्रमण गर्नुभएको छ । श्रेष्ठसंगै ठोरीका पत्रकार सन्तोष देउजा, ठोरीका पर्यटनकर्मी यादव कुँवर र ठोरीका युवा व्यवसायी तथा राजनीतिज्ञहरुसंगै सामुदायिक रेडियो प्रसारक संघका केन्द्रीय लेखासमिति सदस्य एवं स्वदेश एफ.एम.का अध्यक्ष देव अञ्जान शाहको टोलीले बुधबार दिउँसो सोमेश्वरगढीको अवलोकन भ्रमण गरेको हो । भ्रमणका क्रममा माडी क्षेत्रमा पर्यटन प्रवर्द्धनका गरिएका प्रयासहरुको ठोरीको टोलीले टिपोट एवं जानकारी संकलन गरेको छ । ठोरी क्षेत्रलाई पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास गर्न सो टोलीले माडीको भ्रमण गरेको गाउँपालिकाका अध्यक्ष श्रेष्ठले जनाउनुभयो ।

यसैबिच, सोमेश्वरगढीमा दुर्गाको मुखाकृति झल्कने प्रस्तरमुर्ती कुँद्ने काम सकिएसंगै मुर्ती कुँद्ने काम गरेको कलाकार दिनेश्वर महतो नेतृत्वको टोली फर्किएको छ । महतोसंगै सहयोगी कलाकारहरु शंकर चौधरी र सिमान्त चौधरीले दुई साता लगाएर मुर्ती तयार गरेका हुन् । मुर्ती तयार गर्न दिनरात खटिएको सो टोली शोमेश्वर जंगलमै अस्थायी क्याम्प निर्माण गरी आवासीय रुपमा बसेको थियो ।

SwadeshPost