माडी मगोइखोला नजिकै मोटरसाइकलले साइकललाइ ठक्कर दिँदा दुइजना घाइते

249
SwadeshPost

बसन्तपुरबाट बरुवातर्फ जाँदै गरेको एक मोटरसाइकलले मगोइखोला नजिकै ठक्कर दिँदा साइकल यात्रीसंगै मोटरसाइकलमा सवार अर्का एकजना घाइते भएका छन् । बुधबार दिउसो करीब १२ः३० बजे मोटरसाइकलको ठक्करबाट माडी ४ सितलपुर बस्ने वर्ष ३५ कि साइकल यात्री सुनिता महतो र मोटरसाइकल पछाडी सवार वर्ष २५ का सचिन चौधरी घाइते भएको ईलाका प्रहरी कार्यालय माडीले जनाएको छ । घाइतेहरुको अवस्था मध्यम रहेको र उपचारको लागि भरतपुर पठाइएको प्रहरीले जनाएको छ ।

यसैबिच, ईलाका प्रहरी कार्यालय माडीले बुधबारदेखि ट्राफिक चेकजाँचलाई कडा बनाएको छ । चेकजाँचका क्रममा मादक पदार्थ सेवन गरि सवारी चलाउने, तीब्र गतिमा मोटरसाइकल चलाउने, हेलमेट नलगाई तथा लाइसेन्स ब्लुबुक साथमा नलिई मोटरसाईकल चलाउने तथा मोटरसाइकलमा दुइभन्दा बढि यात्रा गर्नेहरुलाई सचेत गराइएको इलाका प्रहरी कार्यालयका प्रहरी नायब नीरिक्षक नारायण श्रेष्ठले स्वदेश एफ.एम.लाई जानकारी दिनुभयो ।

SwadeshPost