माडीबाट जन्ती लिएर जाँदै गरेको बसले साइकल यात्रुलाई ठक्कर दिँदा एक जनाको मृत्यु

226
SwadeshPost

माडीबाट जन्ती लिएर नवलपरासी जाँदै गरेको बसले आज (शनिबार) बिहान करीब ८ः३० बजे साइकल यात्रुलाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । ना.४ ख. ५१९३ नम्बरको बसले भरतपुर महानगरपालिका १४, बरौदी नमस्ते चोकमा ठक्कर दिँदा साइकलयात्री अन्दाजी ५५ बर्षीय बालकृष्ण सापकोटाको मृत्यु भएको हो ।

गाडीको ठक्करपछि सापकोटालाई भरतपुर अस्पताल लगिएकोमा उपचारका क्रममा उनको मृत्यु भएको गीतानगर प्रहरीले जनाएको छ । ठक्कर दिने गाडी र चालकलाई गीतानगर प्रहरीले नियन्त्रणमा लिएकोमा हाल जिल्ला प्रहरी कार्यालय, भरतपुर चलान गरेको छ l

SwadeshPost