बघौडा मध्यवर्ती बचत तथा ऋण सहकारी संस्था लिमिटेडको चौथो बार्षिक साधारणसभा सम्पन्न

148
SwadeshPost

बघौडा मध्यवर्ती बचत तथा ऋण सहकारी संस्था लिमिटेडको चौथो बार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । माडी नगरपालिका ३ बसन्तपुरस्थित माडी क्याम्पसको प्राङ्गढमा सम्पन्न भएको सो कार्यक्रममा बघौडा मध्यवर्ती बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष प्रभु प्रसाद महतो सभाध्यक्ष रहनुभएको थियो भने माडी नगरपालिकाका नगरप्रमुख ठाकुर प्रसाद ढकालको प्रमुख आतिथ्यता रहेको थियो ।

साधारण सभा मार्फत आ.व. २०७४/७५ को संस्थाको वार्षिक प्रगति तथा आ.व. २०७५/७६ को वार्षिक कार्यक्रमको प्रस्तुति, लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक, संस्थाको विकासका लागि आवश्यक नीति आदि पारित गरिएको छ । कार्यक्रममा वर्षको जेष्ठ सदस्य नयाँपिपरियाकी सुखल मुखियालाई सम्मान गरिएको थियो भने बाल बचतकर्ता सँस्कार लामिछानेलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा सहकारीका सेयर सदस्यहरुसंगै माडी नगरपालिका वडा न.३ का वडाध्यक्ष पुरन महतो, चितवन राष्ट्रिय निकुञ्ज कसराका सहायक संरक्षक रमेश कुमार यादव, माडीका मध्यवर्ती बचत तथा ऋण सहकारी संस्थाका प्रतिनिधि, बहुउद्दश्यीय सहकारी संस्थाहरुका प्रमुख तथा प्रतिनिधि र सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

SwadeshPost