नेपाल शिक्षक संघको प्रथम माडी नगर प्रतिनिधीसभा सम्पन्न

417
SwadeshPost

नेपाल शिक्षक संघको प्रथम माडी नगर प्रतिनिधीसभा शनिबार माडीको रामराज्यपुरमा सम्पन्न भएको छ । कर्णबहादुर स्मृति प्रतिष्ठानको सभाहलमा सम्पन्न सो कार्यक्रममा संघमा आवद्ध माडीका शिक्षक शिक्षिकाहरुको सहभागिता रहेको थियो । नेपाल शिक्षक संघ माडीका अध्यक्ष रामकुमार चौधरीका अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा संघीय कार्यसमिति सदस्य प्रेम प्रसाद पौडेल प्रमुख अतिथि रहनुभएको थियो ।

कार्यक्रममा संघका माडी नगर सचिव बोधराज बरालले संस्थाको सांगठनिक प्रतिवेदन पेश गर्नुभएको थियो । कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सदस्य शोभाखर चापागाईं, नगर सभापति कोमलनाथ भुसाल, महाधिवेशन प्रनिनिधी बिगुवा शाह, शिक्षक महासंघ, माडीका सह-अध्यक्ष युवराज लामिछाने, शिक्षक संघ चितवनका अध्यक्ष डा. हरि कँडेल, उपाध्यक्ष शेषकान्त रेग्मी, नेपाल महिला संघ माडी नगर सभापति शिवमाया भट्टराई, शिक्षक महासंघका जिल्ला अध्यक्ष कमल घिमिरे, शिक्षक संघका जिल्ला सहसचिव शिवराज अधिकारी र टिका खत्री, कर्णबहादुर स्मृति प्रतिष्ठानका सभापति तुल प्रसाद घर्ती लगायतले मन्तव्य राख्नुभएको थियो ।

SwadeshPost