जनता बैंक नेपाल लिमिटेड, माडी शाखाद्वारा घरदैलो कार्यक्रम गरियाे

1.02K
SwadeshPost

जनता बैंक नेपाल लिमिटेड, माडी शाखाको आयोजनामा शनिबार घरदैलो कार्यक्रम सम्पन्न भएको छ । बैंकको सेवालाई थप बिस्तार गरी गाउँगाउँसम्म प¥याउन घरदैलो कार्यक्रम गरिएको बैंकले जनाएको छ । शनिबार माडीको लक्ष्मीनिवास, छरछरे र देबेन्द्रपुरमा घरदैलो गरिएको हो । सो अभियानका क्रममा निःशुल्क खाता खोलिएको तथा बैंकका सेवाहरुका बिषयमा जानकारी गराइएको शाखाप्रमुख प्रताप कुमार तामाङले जानकारी दिनुभयो । अभियानका क्रममा ७१ जनाको खाता खोलिएको जनाइएको छ ।

यसैबिच, राष्ट्रिय बाणिज्य बैंकको पुनस्र्थापनाका लागि शनिबार माडीमा छलफल गरिएको छ । शसस्त्र युद्धका क्रममा माडीबाट बिस्थापित सो बैंक पुनर्स्थापनाका लागि माडीबासीहरुले निरन्तर पहल गर्दै आएका छन् ।

SwadeshPost