बसन्तपुर ब्वाइजद्वारा माडी बसन्तपुरस्थित खुला चौरको सरसफाई गरियाे

569
SwadeshPost

बसन्तपुर ब्वाइजको आयोजनामा आइतबार माडीको बसन्तपुरस्थित खुला चौरको सरसफाई गरिएको छ । ‘सभ्यताको परिचय दिऔं’ भन्ने नारासहित माडी नगरपालिका वडा नं ३, बसन्तपुरका युवाहरु सम्बद्ध बसन्तपुर ब्वाइज समुहद्वारा चौर तथा वरपरका प्लास्टिकजन्य फोहोरहरुको व्यवस्थापन गरिएको हो ।

सरसफाई अभियान अन्तरगत बसन्तपुरको खुला चौर तथा वरपर सरसफाई गरिएको र आगामि दिनमा बजारक्षेत्र तथा अन्य ठाउँहरुमा समेत सरसफाई अभियान सञ्चालन गरिने बसन्तपुर ब्वाइजका अध्यक्ष पदम पन्तले स्वदेश एफ.एम.लाई जानकारी दिनुभयो । साथै सार्वजनिक स्थलमा फोहोर नफ्याँक्न समेत समुहले सबैमा आग्रह गरेको छ । सार्वजनिक स्थलमा फोहोर फ्याँक्ने जोकोहिलाई पनि रु. ५०० जरिवाना समेत लगाइने अध्यक्ष पन्तको भनाई थियो ।

SwadeshPost