बस्ती व्यवस्थापनका लागि दबाब दिन कुसुमखोलावासीहरु आन्दोलित

134
SwadeshPost

माडी नगरपालिका वडा नं. ९, कुसुमखोलाको बस्ती व्यवस्थापनका लागि दबाब दिन कुसुमखोलावासीहरु आन्दोलित भएका छन् । कुसुमखोला बस्तीलाई अन्यत्र सारी शिक्षा, स्वास्थ्य, सञ्चार, यायातात, बिद्युत, खानेपानी लयायतका सेवासुबिधाहरु पुगेको नयाँ ठाउँमा व्यवस्थित रुपमा राख्न माग गर्दै कुसुमखोलावासीहरु आन्दोलित भएका हुन् ।

आन्दोलनका कार्यक्रमहरु अगाडी बढाउन कुसुमखोलावासीहरुले छबि चेपाङको अध्यक्षतामा ११ सदस्यीय बस्ती व्यवस्थापन समिति समेत गठन गरेका छन् । समितिको उपाध्यक्षमा कृष्णलाल चेपाङ, सचिवमा कमल चेपाङ, सह-सचिवमा हेमलाल चेपाङ र कोषाध्यक्षमा फूलमाया चेपाङ रहनुभएको छ । त्यसैगरी सदस्यहरुमा शान्तिमाया चेपाङ, बुद्धराज चेपाङ, बिष्णुहरि चेपाङ, लाल बहादुर चेपाङ, सुजन चेपाङ र फूलबहादुर चेपाङ रहनुभएको छ ।

समितिले सुरुवातमा माडी नगरपालिका र वडा नं. ९ कार्यालयमा ज्ञापनपत्र पेश गर्ने र त्यसपश्चात चरणबद्ध आन्दोलनका गतिबिधीहरु अगाडी बढाउने जनाएको छ । समितिले माडी नगरपालिका वडा नं. ९, राइटोलस्थित चौरमा बस्न पाउनुपर्ने माग गर्न लागिएको समितिका अध्यक्ष चेपाङले स्वदेश एफ.एम.लाई जनाउनुभयो । हाल कुसुमखोलामा १६० घरधुरीमा करीब ५५० जना बसोबास गर्दै आइरहेका छन् । सो क्षेत्रमान बहुसंख्यक चेपाङ समुदायको बसोबास रहेको छ भने त्यहाँ तामाङ, नेवार र भुजेल समुदायको समेत बसोबास रहेको छ ।

SwadeshPost