पूर्वी माडीको राइटोलमा वाइन टु वाटर नेपाल तथा माडी नगरपालिकाको आयोजनामा व्यवसायिक तरकारी खेती तालिम साेमबार सम्पन्न भएको छ । सीप नेपाल संस्थाको सहयोगमा सञ्चालित सो तालिम मंसिर २७ गते सुरुवात भएको थियो ।
विज्ञापन १
स्थानीय रेवा कर्मशील कृषक समूहका १० जना कृषकहरु सहभागी रहेको सो तालिमका सहभागीहरुलाई कास्की कर्मभूमि कृषि फर्मका सञ्चालक प्रज्वल शर्मा पंगेनी र इञ्जिनियर गुनेश्वर महतोले तालिम दिनुभएको थियो । तालिम अन्तरगत कृषकहरुलाई टनेल र नर्सरी समेत निर्माण गरि प्रायोगिक अभ्यास गरिएको वाइन टु वाटर नेपालका सामुदायिक परिचालक संगिता घतानेले जानकारी दिनुभयो ।
विज्ञापन २
विज्ञापन ३