बाँदरझुलाकाे एम्बुलेन्स खरिदका लागि रकम जुट्ने क्रम जारी

347
SwadeshPost

बाँदरझुलाबासीहरुले सञ्चालन गरिरहेको एम्बुलेन्स खरिदका लागि सहयोग अभियान अन्तरगत रकम जुट्ने क्रम जारी रहेको छ । गतहप्ता सुरु भएको सहयोग संकलन अभियान अन्तरगत हालसम्म करीब एक लाख रुपैंया संकलित भएको सहयोग संकलन समितिका सचिव आशिष गोपाल परियारले स्वदेश एफ.एम.लाई जानकारी दिनुभयो ।

एम्बुलेन्स खरिदका लागि माडीको बसन्तपुरमा रहेको कृषि बिकास बैंक माडी शाखामा खाता खोलिएको छ । हाल बाँदरझुलाका पाँचवटै प्लटहरुमा प्रत्येक घरधुरीबाट रु पाँच सयका दरले सहयोग रकम संकलन गरिएको छ । जारी हप्ताभित्रमा यो अभियान पुरा गरी माडी नगरपालिका र बसन्तपुर बजारबाट बाँदरझुलाबाहिर सहयोग संकलन अभियान सुरुवात गर्ने समितिको योजना रहेको छ ।

एम्बुलेन्सको अभावमा स्वास्थ्यजन्य गम्भीर जटिलताहरु ब्यहोर्दै आएकाले बाँदरझुलाबासीहरु आफै एम्बुलेन्स किन्न कस्सिएका हुन् । यस कामका लागि भक्त बहादुर प्रजाको अध्यक्षतामा पवित्रा गुरुङ, आशिष गोपाल परियार, पार्वती अधिकारी लगायतका स्थाथाीय अगुवाहरु सम्मिलित सहयोग समिति निर्माण गरी अभियान सञ्चालन भएको हो । सडक सञ्जालको असहजता तथा चितवन राष्ट्रिय निकुञ्जको अवरोधका कारण ठोरी, माडी र अन्य ठाउँमा एम्बुलेन्सहरु बाँदरझुला पुग्न आनाकानी गर्दै आएका थिए ।

SwadeshPost