‘स्नेहन स्वेदन’ कार्यक्रमबाट बिरामीहरुले सेवा लिन सुरु

561
SwadeshPost

माडी आयुर्वेद औषधालय, बरुवामा सञ्चालित ‘स्नेहन स्वेदन’ कार्यक्रमबाट बिरामीहरुले सेवा लिन सुरु गरेका छन् । हरेक साता बुधबार, बिहीबार र शुक्रबार कार्यालय समयमा स्नेहन स्वेदन गर्ने गरिएको औषधालयका निमित्त प्रमुख डा. हिमालय कुमार श्रेष्ठले जनाउनुभयो । यस उपचार पद्धति पक्षघात, आमबाथ, वाथरक्त वढेको, नसा च्यापिएको, हड्डी खिइएको, जोर्नी दुखेको, हाड जोर्नी विरामी, आघातजन्य शोथ, माशपेशी शोथ लगायतका विरामीहरुलाई फाइदाजनक मानिने जनाइएको छ ।

मसाज, मालिस र वाफमार्फत पसिना निकाली उपचार हुने सो कार्यक्रम गतबर्ष सुरु भएकोमा बिचमा रोकिएको थियो । औषधालयमा प्रायः माडीका पूर्वी क्षेत्रका गाउँहरुबाट बिरामीहरु पुग्ने गरेका छन् । औषधालयमा निकट भविष्यमै पञ्चकर्म उपचार विधी धप गरी सेवा बिस्तार गर्दै लगिने माडी नगरपालिकाका आयुर्वेद नीरिक्षक रविशंकर शाहले जनाउनुभयो ।

SwadeshPost