कावासोती– १४ मा बस पल्टदा १ जनाको मृत्यु, २५ घाइते

187
SwadeshPost

पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत नवलवपुरको कावासोती– १४, झिनकी खोलामा अनियन्त्रित भइ पल्टदा १ जनाको मृत्यु भएको छ भने २५ भन्दा बढी घाइते छन् ।
काँकडभिट्टाबाट बुटवलका लागि छुटेको ना ४ ख ७०४६ नम्बरको बस कावासोती– १४ मा झिनकी भणरिनिया खोलामा अनियन्त्रित भइ खसेको हो । दुर्घटनाका घाइतेहरुको घाइतेहरुको भरतपुर, बुटवल र स्थानीय मेडिकलमा उपचार भैरहेको प्रहरीले जनाएको छ । बस खोलामा खस्दा भारतको महाराजगंज घर भएका ३५ वर्षीय गौरीशंकर धोवीको ज्यान गएको छ । घाइते मध्ये चारजनाको अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जनाएको छ ।

SwadeshPost