के.आईं नेपालद्वारा माडीमा आय आर्जनमुलक शीप विकास तालिम सुरु

389
SwadeshPost

चेलिबेटी बेचबिखन र लैंगिक हिंसा हटाउन माडीमा समुदाय केन्द्रीत अभियान सञ्चालन गरिरहेको के.आईं नेपालले बिहीबारदेखि आयआर्जनमुलक शीप विकास तालिम सुरु गरेको छ ।

माडी क्याम्पसमा जारी सो तालिममा के.आई. नेपाल संस्थाले माडीभर स्थापना गरेका १३ वटा समूहका २५ जना सदस्यहरु सहभागी रहेका छन् । तालिम आउँदो पौष ९ गतेसम्म जारी रहनेछ । सहभागीहरुलाई चुरा, पोते र धातुनिर्मित विभिन्न सामानहरु बनाउन प्रशिक्षित गरिने सो संस्थाकी सामाजिक परिचालक सपना श्रेष्ठले स्वदेश एफ.एम.लाई जानकारी दिनुभयो । तालिमको माडी नगरपालिकाकी उपप्रमुख ताराकुमारी काजी महतोले उद्घाटन गर्नुभयो । कार्यक्रममा के.आई. नेपालकी चितवन जिल्ला संयोजक केमिका घिमिरे, माडी नगरपालिका वडा नं. ३ का वडाध्यक्ष पुरन महतो लगायतको उपस्थिति रहेको थियो ।

SwadeshPost