कुसुमखोलाका ३० घरपरिवार चेपाङ समुदायलाई स्वेटर लगायतका न्यानो लुगा वितरण

303
SwadeshPost

माडी नगरपालिका वडा नं. ९, कुसुमखोला निवासी ३० घरपरिवार चेपाङ समुदायलाई नवजीवन मण्डलीले स्वेटर लगायतका न्यानो लुगा वितरण गरेको छ । नारायणगढ बाह्रघरेस्थित सो मण्डलीका तर्फबाट कुसुमखोला बासीहरुलाई लुगा प्रदान गरिएको कुसुमखोलाबाट छबि चेपाङले स्वदेश एफ.एम.लाई जानकारी दिनुभयो ।

यसैबिच, लायन्स क्लब अफ सौराहा वाइल्ड लाइफले माडीको लक्ष्मीनिवासस्थित हेल्पिङ सोसाइटी नेपालमा रहेका चेपाङ र दलित विद्यार्थीहरुलाई न्यानो लुगा वितरण गरिएको छ । सोसाइटीमा रहेका ३० जना बालबालिकाहरुका लागि स्वेटर वितरण गरिएको सो क्लबका अध्यक्ष सुरज पौडेलले जनाउनुभयो ।

SwadeshPost