उपभोक्ता समितीका पदाधीकारीहरूलाई अभिमुखीकरण, वडा नं ४ मा जारी

120
SwadeshPost

माडी नगरपालिकाद्धारा सञ्चालित उपभोक्ता समितीका पदाधीकारीहरूलाई अभिमुखीकरण कार्यक्रम अन्तरगत आज (शुक्रबार) वडा नं ४ का उपभोक्ता समितीका पदाधीकारीहरूलाई उपभोक्ता समिती संचालन तथा परिचालन सम्बन्धी अभिमुखीकरण कार्यक्रम जारी छ ।

माडी नगरपालिका वडा नं ४ को कार्यालयमा संचालन भैरहेको उक्त कार्यक्रममा लेखा अधिकृत सुरेश कुमार अधिकारी, लेखा परामर्शदाता चुडामणी पौडेल, ईन्जिनियर राजकुमार पाण्डे र सुचना प्रविधी अधिकृत प्रवीण भण्डारीले उपभोक्ता समितीको गठन, संचालन र व्यवस्थापन सम्बन्धी विविध विषयमा प्रशिक्षण दिईरहनु भएको छ ।

वडा नं ४ अन्तरगत प्रशिक्षण कार्यक्रमको को उद्घाटन सत्रमा माडी नगरपालिका वडा नं ४ का वडाध्यक्ष चन्द्रदिप महतोको अध्यक्षता रहेकोे छ भने माडी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रवि शंकर शाहको प्रमुख आतिथ्यता रहेको छ । प्रशिक्षण सत्रमा माडी नगरपालिका वडा नं ४ का विभिन्न उपभोक्ता समितीका पदाधीकारीहरूको उपस्थिती रहेको छ ।

SwadeshPost